चारैतिर अलमल छ, सरकार भने भर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त छः कांग्रेस नेता गिरी


काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दीपक गिरीले वर्तमान सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सबैतिर अन्यौल र अलमल रहेको अवस्थामा सरकारको ध्यानभने गभर्नर नियुक्तिमै रहेको बताएका हुन् ।

‘भर्खरै नीति तथा कार्यक्रम बहुमतको साथ पास भएको छ । सरकार भर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त छ । कुलिङ प्रियड २ वर्ष कि ३ वर्ष भन्ने कुरामा अन्यौल छ । प्रदेश सरकार अधिकार पाएनौं भनेर आफ्नो क्रन्दन पोखिरहेको छ । शिक्षकहरु भर्खरै सन्तोष भएर हो कि असन्तोष भएर हो, चित्त बुझाएर हो कि चित्त नबुझाएर हो ? फर्किएका छन् । सबै अलमल नै अलमलको बेला सरकारले नीति तथा कार्यक्रम प्रबल बहुमतले पास भएको बेला नअल्मिलिएर दृढताको साथ जान आग्रह गर्न चाहन्छु,’– उनले भने ।

नेता गिरीले दाङको एयरपोर्ट निर्माणमा सरकारको ध्यान पुग्न नसकेको भन्दै आपत्ति जनाए । यसअघि पटक–पटक मन्त्री, प्रधानमन्त्रीले दाङका जनतालाई आश्वासन दिए पनि काम नगरेको भन्दै उनले आपत्ति जनाए ।