पूर्ण रुपमा सञ्चालनमा आयो अवरुद्ध विपी राजमार्ग


काठमाडौं, ३० वैशाख । अविरल वर्षाका कारण सोमबार रातिबाट अवरुद्ध भएको विपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन समस्या भइरहेको थियो ।

आज विहानैदेखि सडक विभागको जेसीबी, टिपर प्रयोग गरेर बगाएको ठाउँमा फिलिङ गरिएको र अहिले उक्त राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।