गभर्नरको पद लिलामीमा चढेको छ रे, त्यसो नगरी निलम ढुङ्गानालाई नेतृत्व दिउँः सांसद रोशन कार्की


काठमाडौं, ३१ वैशाख । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य रोशन कार्कीले नेपाल राष्ट्र बैंकको गभर्नर पद लिलामीमा नराख्न सरकारलाई सुझाव दिएकी छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अब उक्त पद लिलामीमा नराखी कायममुकायम गभर्नरलाई नेतृत्व दिन सरकारलाई आग्रह गरिन् ।

‘राष्ट्र बैंकको गभर्नको पद लिलामीमा चढेको छ रे । लिलामीको बढाबढमा तीन करोड रुपैयाँ नाघिसक्यो रे । विगतमा हामीहरुले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख पाएका थियौं । उहाँहरुको कार्यकाल सफल र प्रसंशायोग्य थियो । कार्यवाहक गभर्नर निलम ढुङ्गानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऊँ,’– उनले भनिन् ।

कामु गभर्नर ढुङ्गानालाई राष्ट्र बैंकको नेतृत्व सुम्पिँदा ५२ प्रतिशत महिलाहरुमाथि न्याय हुने उनले बताईन् । अब यता र उता, योग्य र अयोग्य मान्छे खोज्नतिर नलागी देशको स्थिति अत्यन्त हाँस्यास्पद भइरहेको अबस्थामा यस पटक महिलालाई गभर्नर बनाउन उनले आग्रह गरिन् । File Photo/RN