काठमाडौं,३१ वैशाख । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य माया राईलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । आज (बुधबार) न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन अभियोगमा सांसद राई पक्राउ परेकी थिईन् । गत वैशाख १३ गतेृ कपनबाट पक्राउ परेकी सांसद राईविरुद्ध हिजो जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो ।
सांसद राईले स्वर्णलक्ष्मीमा सदस्य हुँदै सहसचिव भएको काम गरेको खुलेको थियो । प्रहरी प्रतिवेदनअनुसार सांसद राईको कार्यकालमा कूल २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ बचत हिनामिना भएको थियो । राईविरुद्ध भने ३७ लाख ३५ हजार बिगो मागदाबी गरिएको छ ।




प्रतिक्रिया