मन्त्रिपरिषद्को बैठक जारी, विभिन्न नियुक्तिहरु गरिने


काठमाडौं, ३१ वैशाख । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।

आजको बैठकले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगमा अध्यक्षसहितका पदाधिकारी नियुक्ति, एक सहसचिवलाई सचिवमा बढुवा, गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्तिलगायतको निर्णय गर्ने बताइएको छ । File Photo/RN