काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँच्दासम्म प्रधानमन्त्री भइराख्ने सोच भएको व्यक्तिको रुपमा चित्रण गरेका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीमा इच्छाशक्ति नै नरहेको, नजिक भनिएकालाई मात्रै राजनीतिक नियुक्ति गर्नेलगायतका प्रवृत्तिहरु देखिएको बताए ।
साथै, लिक नै नभए पनि रेल ल्याएर, सात वर्षदेखि पानी जहाज कार्यालय राखेर र भ्यू–टावरजस्ता अनुत्पादक क्षेत्रमा लगानी गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले भने,‘रेलको लिक नभइकन रेल किन ल्याइन्छ ? प्रोफिट हुने विजनेश प्लान नबनाइ ठूला लगानीको प्रोजेक्टहरु किन सुरु गरिन्छ । सात वर्षदेखि पानी जहाजका कार्यलयहरु किन राखियो ? अर्ब लगानी गरेर प्रतिफल नदिने भ्यू–टावरहरु किन बनाइयो ?’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले संविधान संशोधन गरेर एक व्यक्ति दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरिनुपर्ने उनले बताए । ‘संविधान संशोधन गरेर एउटा व्यक्ति दुई पटकमात्रै प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था गर्नुपर्छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया