मधेश सरकार अर्थ मन्त्रालयका तत्कालीन कानून अधिकृत भुजेलविरुद्ध २९ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, ४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकार, अर्थमन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज भुजेलविरुद्ध २९ करोड, ९९ लाख, ८६ हजार १ सय ३५ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कानून अधिकृत भुजेललगायतले सर्लाहीको बागमती नगरपालिकासँगको मिलेमतोमा माछा पोखरी बनाउन अनुदान दिने निर्णय गरेको अख्तियारको आरोप छ । उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को (ज) बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवानासमेत माग दाबी गरिएको छ ।