जनमतका कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्ने आदेश


काठमाडौं, ४ जेठ । जिल्ला अदालत ललितपुरले जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले उनलाई ५ लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।

कोषाध्यक्ष यादवविरुद्ध ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा ललितपुर प्रहरीमा जाहेरी परेको थियो । उनी गत वैशाख ७ गते सप्तरीबाट पक्राउ परेका थिए ।

पछिल्लो समय पार्टी अध्यक्ष सिके राउत र उनीबीचको सम्बन्ध राम्रो थिएन । राउतकै डिजाइनमा उनीविरुद्ध जाहेरी परेको समेत गाइँगुईँ चलेको थियो ।