काठमाडौ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये सभापति गगन थापासहित पाँच उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्।
प्राप्त मतपरिणामअनुसार सभापति थापाले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ५ हजार ९०९ मतले पछि पार्दै सबैभन्दा ठूलो मतान्तरसहित जित हासिल गरेका हुन्।
सभापति पदमा गगन थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।
त्यसैगरी, सहमहामन्त्री (दलित) पदमा प्रकाश रसाइली स्नेही ३ हजार ६८३ मतान्तरले विजयी भएका छन्। उनले ४ हजार ८०४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० मत प्राप्त गरेका छन्।
महिला सहमहामन्त्री पदमा प्रतिमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै ३ हजार ५६२ मतान्तरसहित विजय हासिल गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी नानुमाया बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरेकी छन्।
केन्द्रीय सदस्य महिला (बागमती प्रदेश) तर्फ हरिप्रभा खड्गी ३ हजार ५०६ मतान्तरले विजयी भएकी छन्। उनले ५ हजार १२६ मत प्राप्त गर्दा प्रतिस्पर्धी कविता इटनीले १ हजार ६०६ मत प्राप्त गरेकी छन्।
त्यस्तै, केन्द्रीय सदस्य युवा (सुदूरपश्चिम प्रदेश) तर्फ इन्जिनियर भुवनराज भट्टले ३ हजार ५३० मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी योगेन्द्र रावलले ८९८ मत प्राप्त गरेका छन्। भट्टले रावललाई २ हजार ६३२ मतले पछि पारेका हुन्।




प्रतिक्रिया