काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस–एमालेबीच समझदारी कायम रहेसम्म गठबन्धन कायम रहने बताएका छन् । प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले दुईवटा पार्टीबीच समझदारी कायम रहेसम्म सरकार ढल्दैन भन्ने पनि नबुझी हल्ला चलाइएको बताएका हुन् । उनले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताए ।
‘जबसम्म दुईवटा पार्टीको बीचमा समझदारी हुन्छ, यो सरकार टिकिरहन्छ भन्ने कुरा त निश्चित नै छ । दुईवटा पार्टीको बीचमा असमझदारी उत्पन्न भएपछि हल्ला गर्नै पर्दैन । दुईवटा पार्टीको बीचमा समझदारी रहुन्जेलसम्म सरकार परिवर्तन हुँदैन भन्ने कुरा पनि नबुझिकन रहेक महिनाजसो सरकार परिवर्तनको हल्ला चलाउने, खेतिपाती गर्ने काम भइराखेका छ । त्यसको उद्देश्य के हो भनेदेखि नेपाल राष्ट्रलाई कहिले बलियो हुन नदिने, स्वार्थी तत्वको प्रभावमा नेपाली समाज परिरहेको छ ,’– उनले भने ।




प्रतिक्रिया