जनकपुर, ९ जेठ । नेकपा (एमाले) को धनुषा जिल्ला अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्। आठौं अधिवेशनमा भोला यादवले अध्यक्षमा लक्ष्मीनारायण यादवलाई पराजित गरेका हुन् ।
भोला पार्टी सचिव एवम् पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठनिकट मानिन्छन् । अध्यक्षमा निर्वाचित भोलाले ४०२ मत ल्याए । उता, भोलासँग पराजित लक्ष्मीनारायणले २०० मतमात्रै ल्याएका थिए। निर्वाचनमा ६२८ मत खसेको थियो।
उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा निर्वाचित भए। यस्तै, महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएका छन् ।




प्रतिक्रिया