युवराज कोइराला-
उसले निहुरिएर भुइँमा ढोग्यो
आँखाभरि आँसु पारी सबैलाई सम्झ्यो
बाआमा श्रीमती छोराछोरी अनि
साथीभाई तथा गाउँलेलाई सम्झ्यो
मनमनै रहरको पोको फुकायो
गाउँघरमै उद्योग खुलायो
आफ्नो देश र नेतालाई सम्झ्यो
विकास हुन नसकेको र नभएको पनि सम्झ्यो
परदेश र त्यहाँका नेतालाई सम्झ्यो
त्यताको विकासले यताको सगरमाथा टेकेको सम्झ्यो
सँगै पढेका साथीलाई सम्झ्यो
आफन्त अनि दाजुभाइ पनि सम्झ्यो
वरिपरि हेर्यो सबै आफैंजस्तो देख्यो
मन भारी बनायो देशको झण्डा ओढ्यो
झोला जुरुक्क उठायो धेरै लामो सास फे¥यो
आँखाबाट बलिन्द्र धारा मेचीकाली बगायो
सानो छँदा गाडी चढ्दा खुसी हुने ऊ
आज प्लेन चढ्नुअघि डाँको छोड्दै छ
समयको खेल अनि परिस्थितिको बाध्यता
आफ्नै निधारमा ड्याम्म हान्यो
यस्तै धेरै घटनामा कोही बोल्न सकेनन् युवा
एक एक गर्दै हराउँदै छन् देशका धेरै युवा ।




प्रतिक्रिया