काठमाडौं, ११ जेठ । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन् । उनी आज (आइतबार) भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित डेरामा मृत फेला परेकी हुन् ।
गत २०७६ सालमा संसद् सचिवालयमा कार्यरत शाहीले तत्कालीन सभामुख महरालाई बलात्कार मुद्दामा जेल पुर्याएकी थिईन् । उनका श्रीमान भने अहिले विराटनगरमा रहेको बताइएको छ ।




प्रतिक्रिया