काठमाडौं, १८ जेठ । आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुनको मूल्य एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया