प्रधानमन्त्री ओली, देउवा र दाहालबीच भेटवार्ता


काठमाडौं, १९ जेठ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध जारी रहेको अवस्थामा तीन नेता छलफलमा जुटेका हुन् । माओवादी केन्द्रसहित विपक्षी दलका नेताहरुले गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् ।

प्रधानमन्त्री ओलीले देउवा र दाहाललाई एउटै कुर्सीको आशन गराएका छन् । यसअघि देउवासँगको भेटमा पनि प्रधानमन्त्री ओली समान कुर्सीको व्यवस्था गर्ने गरेका थिए । तीन नेताको भेटवार्तामा कांग्रेसबाट पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलापनि सहभागी छन् ।