महेन्द्रनगर (धनुषा), २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मैथिली भाषा, साहित्य, संस्कृति र पहिचानको जगेर्नाका लागि मैथिली भवन महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरेका छन् ।
मैथिली विकास कोषको जनकपुरधामस्थित नवनिर्मित ‘मैथिली भवन’ उद्घाटन कार्यक्रममा आज उनले मधेशको सांस्कृतिक समृद्धिका लागि यस कार्यले ठूलो योगदान पुग्ने अपेक्षा रहेको बताए ।
मुख्यमन्त्री सिंहले जनकपुरधाममा निर्माण गरिएको उक्त भवनले सम्पूर्ण मधेश र मिथिला क्षेत्रको गौरव बढाउने विश्वास व्यक्त गरे ।
उक्त भवन प्रदेश सरकारको सात करोड ५० लाखको लागतमा निर्माण भएको हो । मुख्यमन्त्री सिंहले महत्वाकाङ्क्षी परियोजना सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने सबै पक्षप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरे । रासस




प्रतिक्रिया