काभ्रेको कोशिदेखा कालिञ्जोरमा ट्याक्सी दुर्घटना


काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१३, कोशिदेखास्थित कालिञ्जोरको तल्लो घुम्तीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।


बुधबार साँझ करिब ७ बजे तेमाल बेसीबाट काठमाडौं आउँदै गरेको बा १३ च ३३६ नम्बरको ट्याक्सी सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो।


दुर्घटनामा कोशिदेखाका दुई जना र तेमालको चुखाका तीन जना गरी पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि धुलिखेल लगिएको जनाइएको छ।