नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त


काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।

अर्थमन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जनाइएको छ ।

नवनियुक्त सीईओ सुवेदीलाई बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए ।