काठमाडौं, २८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।
पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए ।
आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको उनको सचिवालयले जनाएको छ। कुण्डमा डुबेर बस्दा ग्याट्रिक, बाथरोग, ढाड दुख्ने समस्या र छाला लागयत विभिन्न रोग निको हुने विश्वास रहेको छ ।




प्रतिक्रिया