सभामुखले बोलाए प्रमुख दलका मुख्य तथा प्रमुख सचेतकहरूको बैठक


काठमाडौं, असार १ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।

संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आज (आइतबार) बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएका सभामुखको सचिवालयले जनाएको छ।

जेठ १३ गतेदेखि विपक्षी दलहरूले संसद् अवरोध गरेका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ।