हिजो स्थगित् भएको शीर्ष तीन नेताहरूको भेट आज २ बजेलाई तय


काठमाडौं, ६ असार । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएको छ । हिजो नै तीन नेताबीच भेटवार्ता हुने भनिएको थियो । तर, प्रचण्ड काठमाडौंबाहिर भएकोले हिजोको भेट स्थगित् भएको थियो ।

आजपनि हिजोकै समय २ बजेलाई भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुने भनिएको भेटमा सदनको गतिरोध अन्त्य गर्ने र टिआरसीको विषयमा छलफल हुने बताईएको छ । तर, माओवादी पँक्ति भने ओलीले तीन नेताको भेटवार्तालाई शंकाको दृष्टिकोणले हेरेको छ ।

यसअघि पनि तीन नेताबीच भेटवार्ता भएको साँझमा मन्त्रिपरिषद् बैठक राखेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीको र्निायय भएको थियो । यसले अहिले माओवादी पँक्ति सशंकित छ । माओवादी नेता राजन दाहालले अहिलेपनि संघीय निजामती विद्येयकमा राखिएको २ वर्षे कुलिङ पिरियडबाट प्रधानमन्त्री ओली ब्याक हुन लागेको आरोप लगाए । file photo