सत्तापक्षका सांसदहरु बोल्न थालेपछि रास्वपाका सांसदहरु संसद् बैठकबाट बाहिरिए


काठमाडौं, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन् । बैठक सुरु भएपछि नै वेल घेराउमा उत्रिएका उनीहरु सत्तापक्षका सांसदहरु बोल्न थालेपछि भने बाहिरिएका हुन् । उनीहरुले प्रतिपक्षी दलका सांसदहरुको धारणा भने सुनेका थिए । प्रतिपक्षका १६ जना सांसदले आज आफ्नो भनाई राखेका थिए ।

तर, जब सत्तापक्षका सांसदहरुको बोल्ने पालो आयो, रास्वपाका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । सत्तापक्षको तर्फबाट आजको मन्त्रालयगत छलफलमा सुरुमा डा. प्रकाशशरण महतले बोलेका हुन् । उनी बोल्न रोष्ट्रममा पुगेपछि भने रास्वपाका सांसदहरु बाहिरिएका हुन् ।