काठमाडौं, असार ८ । आज संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । अहिले बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सिंहदरबारमै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।




प्रतिक्रिया