काठमाडौं, ९ असार । ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री दीपक खड्काले बजेटको ‘टेक एन्ड पे’ लाई संशोधन गरी ‘टेक अर पे’ बनाउन अर्थमन्त्रालयलाई पत्र पठाइएको बताएका छन् । आज (सोममबार) प्रतिनिधिसभाका बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयले नै अर्थ मन्त्रालयलाई बजेटमा संशोधन गर्न पत्र पठाइसकेको बताएका हुन् ।
‘नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त राय सुझाव समेतको आधारमा १० मेगावाटसम्म साना जलविद्युत आयोजनाका साथै विद्युत् खपत वा निर्यात सुनिश्चित भएका ठूला रन अफ रिभर आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता टेक अर पे प्रावधान नै गर्न उपयुक्त हुने भएकोले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेठ २७ को पत्रमार्फत संशोधन गरी अर्थ मन्त्रालयमा अनुरोध गरेर पठाएको ब्यहोरा जानकारी गराउन चाहन्छु,’– उनले भने ।
मन्त्री खड्काले बजेट वक्तव्यमा आएको विषयलाई संशोधन गरिने बताए । अर्थमन्त्रीसँग पनि यसका विषयमा पर्याप्त छलफल भइसकेको उनले बताए ।




प्रतिक्रिया