काठमाडौं, १० असार । सरकारले भिजिट भिसा प्रकरणको छानबिनको लागि समिति बनाएको छ । पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा हिजोको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र सत्तापक्षबीच भएको २ बुँदे सहमतिबमोजिम छानबिन समिति बनाईएको हो ।
तर, संसद्को चौथो ठूलो दल रास्वपा भने यसप्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गरेर आन्दोलित छ । पाँचौ ठूलो दल राप्रपा पनि विरोधमा छ । सरकारले हिजो बनाएको छानबिन समितिबारे आफ्नो धारणा बनाउन रास्वपा यतिवेला आन्तरिक छलफलमा छ ।
रास्वपाका प्रवक्ता एवम् सांसद मनिष झाले दिएको जानकारीअनुसार अहिले रास्वपाको संसदीय दलको बैठक जारी छ । बैठकले निकाल्ने निश्कर्ष सदनको बैठकमा प्रस्तुत गरिने झाको भनाई छ । तर, रास्वपाको नेतृत्व पँक्ति भने सरकारले बनाएको छानबिन समितिबाट असन्तुष्ट छ । सरकारले बनाएको छानबिन समितिले यस प्रकरणमा सत्य, तथ्य नआउने उनीहरुको भनाई छ ।




प्रतिक्रिया