उपेन्द्र यादवद्वारा सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा, कांग्रेस–एमाले सम्बन्धविच्छेद हुन लागेको दाबी


काठमाडौं, १० असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढेको बताएका छन् । उनले कांग्रेस–एमालेको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गलती गरेको भन्दै पछुतो लागेको बताए ।

आज (मंगलबार) भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै आफूहरूले बाहिर बसेर समर्थन गरेको भएपनि असफल भएको निष्कर्ष निकालेको र समर्थन फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ताको निर्णय लिएको छ, अब त्यहीअनुसार निर्णय हुन्छ।’

उनले कांग्रेस र एमालेबीचको सहकार्य नै सम्बन्धविच्छेदको अवस्थामा रहेको भन्दै सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे । जसपा नेपालले यो सरकार बन्दा समर्थन गरेको थियो । तर, सरकारमा उसको सहभागिता भने छैन । file photo