काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् । समितिका सभापति रामहरि खतिवडाले पूर्व प्रधानमन्त्री प्रचण्ड बैठकमा सहभागी भएको जानकारी गराए । आजको बैठकमा प्रहरी विद्येयकबारे छलफल भैरहेको छ ।
बैठकमा रक्षामन्त्री मानवीर राई र गृहमन्त्री रमेश लेखकपनि सहभागी छन् । प्रचण्ड यसअघि धेरै पहिले समितिको बैठकमा सहभागी थिए । त्यतिवेला उनले भ्रष्टाचारसम्बन्धी सबै विषयमा छानबिन गरिनुपर्ने धारणा राखेका थिए । सो क्रममा उनले आफूमाथि लागेको शेरादरबारको विषयमा पनि छानबिन गर्न सरकारलाई आग्रह गरेका थिए ।





प्रतिक्रिया