उपेन्द्रपछि सिके राउतपनि सरकारसँग आक्रोशित, सरकारको समर्थनबारे आइतबार निर्णय लिने


काठमाडौं, १२ असार । जनमत पार्टीले पनि सरकारलाई दिएको समर्थनबारे पूनर्विचार गर्ने भएको छ । अध्यक्ष डा. सिके राउत नेतृत्वको जनमतले आगामी आइतबार सचिवालय बैठक बोलाएको हो । बैठकमा सरकारलाई दिएको समर्थनबारे निर्णय लिने बताईएको छ ।

यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको सरकारको औचित्य सकिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको छ । जसपा नेपालको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय लिएको भएपनि संसदीय दलको बैठक राखेर समर्थन फिर्ताको निर्णय लिन म्याण्डेट दिएको हो ।

यता, जनमत भने मधेश प्रदेश सरकारमा बजेट ल्याउँदा आफ्नो दललाई बाइपास गरिएकोमा आक्रोशित छ । अहिले नै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी नभएको जनमतका प्रवक्ता शरद यादवले स्पष्ट पारे । file phto