प्रधानमन्त्री ओलीले गरे समीक्षा र एलिनाको प्रशंसा, भने- ‘तरिका सही लाग्यो’


काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज बिहान गायिकाद्वयको तस्विर राख्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गरिरहेका गायिकाद्वय अधिकारी र चौहानको प्रशंसा गरेका हुन् ।

आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्ने ओलीले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिनेु यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’