प्रमुख तीन दलका सचेतकसँग छलफल गर्दै सभामुख, रास्वपासँग छुट्टै


काठमाडौं, असार १४ । सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकहरूलाई अहिले बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा छलफलका लागि बोलाइएको छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक परेकाले सभामुखले रास्वपाका प्रमुख सचेतकसँग भने उनीहरूको बैठकपछि छुट्टै छलफल गर्नेछन् ।