फरार थुनुवा गोङ्गबुमा समातिए


काठमाडौं, १५ असार । काठमाडौं जिल्ला अदालतबाट फरार भएका थुनुवा गोङ्गबुबाट पक्राउ परेका छन् । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भएका काठमाडौं गोंगबु बस्ने २१ वर्षीय दशरथ शाही हत्कडीसहित फरार भएका थिए ।

चोरी मुद्दामा पक्राउ परेका उनलाई आज थुनछेक बहसको लागि अदालत उपस्थित गराइएको थियो । ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका थिए ।