काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणको बारेमा जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले हालै स्पेनको पाँच दिन लामो भ्रमण गरेका थिए । भ्रमणको उपलब्धिबारे उनले अहिले सदनलाई जानकारी गराईरहेका छन् ।
प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा आफूले गरेको सम्बोधनको बारेमा फेहरिस्त सुनाउँदै गर्दा तल आफ्नो रो’मा बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने आफ्नो नाडीमा बाँधेको घडीमा समय हेर्दै थिए ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक साँढे ३ बजेटबाट सुरु हुने भएकोले देउवा समयको चापमा छन् । आज केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले पनि सम्बोधन गर्नेछन् । बैठक आजै समापन हुने कांग्रेसले जनाएको छ ।




प्रतिक्रिया