काठमाडौैं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले मन्त्रीको अडिओ प्रकरण छानविनको माग गरेकी छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अडियो प्रकरण छानविनको माग गरेका हुन् । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ काण्ड बाहिरिएको थियो । उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको छ । उनले मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् भन्दै प्रश्न गरिन् ।
‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्षहरुमा सेटिङ । किन भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको बुझियो । आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ । यसको छानबिनको हामी माग गर्छौं । सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ? अडिओमा भनिएको ‘बा’ भनेको के हुन् ?’ प्रश्न गर्दै उनले भनिन् ।




प्रतिक्रिया