काठमाडौं, २९ असार । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेविरुद्ध जाल बुन्नेहरु असफल हुने बताएका छन् । आज (आइतबार) झापामा आयोजित पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले पार्टीको विरुद्धमा भइरहेको विभिन्न प्रचारबाजीमा सत्यता नरहेको बताएका हुन् ।
साथै, उनले एमाले र केपी ओलीले कहिले पनि भ्रष्टाचार नगर्ने उनले बताए । ‘हाम्राविरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन,’– उनले भने ।
साथै, उनले एमालेविनाको देश र केपी ओली विनाको एमाले कल्पना गर्नेहरुको कामना पूरा नहुने पनि बताए । एमाले साना स्वार्थ बोक्ने पार्टी नरहेको र आफूहरुको काँधमा देश बनाउने अभिभारा रहेको उनले बताए । प्रधानमन्त्री ओलीले एमाले राष्ट्रिय हितका लागि बलिदानीबाट आएको पार्टी रहेको बताए ।




प्रतिक्रिया