प्रचण्डले भोलि संसद्मा सम्बोधन गर्ने


काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि संसद्मा सम्बोधन गर्ने भएका छन् ।

सरकारको एक वर्ष पूरा भएको सन्दर्भमा प्रचण्डले संसद्मा विशेष सम्बोधन गर्न लागेका हुन् । भोलि प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।