पार्टीको झण्डै २ करोड ठगेर भागेकाहरुलाई बाराका जनताले कारबाही गरे : सिके राउत


काठमाडौं, २९ असार । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले निलम्बित पार्टीका संस्थापक ईन्जिनियर दीपक साहलगायतमाथि बाराका जनताले गरेको कालोमोसो प्रहार गरेर कारबाही गर्नुको कारण पार्टीको दुई करोड पैसा ठगेको भनेका छन् ।

आफ्नो फेशबुक पेजमा राउतले पार्टीको एक करोड ९० लाख हाकाहाकी लिएर भागेका दुई जना फरार ठगहरुलाई जनताले कारबाही गरेको भनेर लेखेका छन् । उनले भनेका छन्,‘११ जना सांसदहरुबाट ठगेको, बैंक भौचर प्रमाणसहित अदालतमा पेश गरेको, पार्टीको झण्डै दुई करोड रुपैयाँ ठगेर भागेका अभियुक्तहरुलाई बाराका जनताले कारबाही गरेका हुन् ।’