मन्त्री गुप्तालाई बर्खास्त गर्न एमाले सांसद साहको माग, ‘घुस डिल गरेको अडियो सार्वजनिक हुँदापनि सरकार किन मौन छ ?


काठमाडौं, ३० असार । नेकपा (एमाले) का सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो नै सार्वजनिक हुँदापनि सरकार किन मौन छ भनेर प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले भने,‘सभामुख महोदय, म गम्भीर प्रश्न उठाउन चाहन्छु–सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस नै डिल गरेको सार्वजनिक भैसकेको अवस्थामा सरकार किन मौन छ ? दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैं गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु कि गुप्ताजीलाई बर्खास्त गरियोस । यस प्रकरणमा निश्पक्ष छानबिन होस ।’