काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले बहुआयामिक संकटबाट गुज्रिरहेको बताएका छन् । उनले नेपाली कांग्रेस पनि अहिले ‘स्वर्ग र नर्कको पासो र गोलचक्कर’ मा परेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको हैसियतले सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाडा भनिरहँदा या पटक पटक संसद् विघटनका श्रृंखला हेर्दा, प्रतिगमनकारीहरु सलबलाउँदा या व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउने आधार यस बीचमा देखिएन । संसद्को सबभन्दा ठूलो दल नेपाली कांग्रेस, एकपछि अर्को स्वेच्छाचारी श्रृंखलाहरु जसरी अगाडि बढाईएको छ, जसरी प्रतिशोध र अहकारी व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेकोजस्तो मैले महशुस गरेको छु ।’




प्रतिक्रिया