मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा.यादव र अरब संसद् अध्‍यक्षसँग रिजवानको त्रिपक्षीय भेटवार्ता


काठमाडौं । मध्‍य प्रदेशका माननीय मुख्‍यमन्त्री डा. मोहन यादवले दुबईमा एक ऐतिहासिक त्रिपक्षीय भेटवार्ताको क्रममा HRH Prince Salman Bin Faisal Al Saud Investment LLC का संस्थापक तथा प्रबन्ध निर्देशक रिजवान आलम र अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल यमाहीसँग विशेष भेट गरेका छन् । यो बैठक भारत–गल्फ सम्बन्ध सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

समारोहपूर्व स्वागत कार्यक्रमका क्रममा मुख्यमन्त्री यादवले दुवै विशिष्ट पाहुनालाई नेपाली तथा भारतीय परम्पराअनुसार “खदा” र स्मृतिचिह्न प्रदान गर्दै आपसी सम्मान र दीर्घकालीन सहकार्यको संकेत गरे ।

उक्त दुई घण्टा लामो त्रिपक्षीय संवादमा सांसदीय सहकार्य: मध्‍य प्रदेश, यूएई र अरब लिग संस्थाहरूबीच संसदीय अभ्यास आदानप्रदान र सांस्कृतिक सम्बन्ध विस्तार गर्नेऽ विदेशी लगानी (FDI): उर्जाशक्ति, पूर्वाधार, प्रविधि, कृषि लगायतका प्राथमिक क्षेत्रहरूमा HRH Prince Salman को लगानी सञ्जालमार्फत् मध्‍य प्रदेशमा लगानीको सम्भावनाहरू खोल्नेः र क्षेत्रीय विकास: गल्फ मुलुकको पूँजी प्रवाह र अरब संसद्का पहलहरूसँग समन्वयमा संयुक्त विकास मोडेलहरू स्थापना गर्ने विषयमा छलफल भएकाे बताइएकाे छ ।

भेटका क्रममा डा. मोहन यादवले भने , “यो भेटवार्ता भारतका प्रदेशहरूको आकांक्षालाई गल्फ क्षेत्र तथा अरब संसद्को समर्थनसँग जोड्ने दिशामा उल्लेखनीय कदम हो। हामी सँगै मिलेर आर्थिक सहकार्य र आपसी समझदारीलाई नयाँ उचाइमा पुर्‍याउनेछौँ।”

रिजवान आलमले प्रतिबद्धताले प्रभावकारी परियोजनाहरू अघि बढाउने विश्वास व्यक्त गरे । “हामीलाई यस्तो उच्चस्तरीय संवाद आयोजना गर्न पाउनुमा गर्व छ। दिगो विकास र संसदीय साझेदारीप्रति हाम्रो साझा प्रतिबद्धताले प्रभावकारी परियोजनाहरू अघि बढाउनेछ,”- उनले भने ।

महामहिम मोहम्मद अहमद अल यमाहीले अरब संसद् भारतका प्रदेशहरूसँग संसदीय सञ्जाल विस्तार र प्रमुख परियोजनाहरूमा गल्फ लगानी प्रवाह गर्न कटिबद्ध रहेकाे बताए ।

भेटवार्ताले क्षेत्रीय सहकार्यतर्फको प्रतिबद्धता झल्काउने र भविष्यमा भारत–गल्फ मुलुकबीच शासकीय र आर्थिक क्षेत्रहरूमा सहकार्यको ढोका अझ फराकिलो बनाउने विश्वास लिइएको छ ।