साफ यू-२० महिला च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको ७ गोल


काठमाडौं, असार ३२ । साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ७ गोल प्रहार गरेको छ ।ढाकास्थित बसुन्धारा किंग्स एरिनामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

यो नेपालको तीन खेलमा दोस्रो जित हो । नेपाल यस जितमा मीना देउवाले ह्याट्रिक गरेकी थिइन् । त्यस्तै पुर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक एक गोल गरेका थिए । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ६(१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३(२ गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २(२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।