काठमाडौं, ३२ असार । सरकारले साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङ्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दा यस्तो जानकारी दिएका हुन् । असार २३ गते र असार ३० गते बसेका मन्त्रिपरिषद् बैठकले विभिन्न २९ वटा निर्णय गरेका छन् । जहाँ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको चीन भ्रमणसमेत स्विकृत गरेको छ ।








प्रतिक्रिया