काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको बाटो दक्षिणपन्थी बाटो भएको टिप्पणी गरेका छन् । उनले एमालेप्रति आफूहरुको कुनै नफरत नभएको स्पष्ट पारेका छन् ।
हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘एमालेको नेतृत्वको दक्षिणपन्थी बाटोको कारण त्यो पार्टीपनि ठीक दिशाले अघि बढ्न सकिरहेको छैन् । र, अरुलाई एकताबद्ध गर्न सकिरहेको छैन् । त्यो विस्तारै विस्तारै अन्तरविरोधबाट ग्रस्त हुँदै गएको छ । यो सिलसिलामा विद्यादेवी भण्डारीले पार्टीमा क्रियाशिल भएर काम गर्छु भनेर उद्घोष गर्नुभयो ।’
एमालेले सभामुख बनिसकेका सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेता बनाएको र पार्टीको उपाध्यक्ष बनाईसकेकोले अब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सवालमा भने त्यही मापदण्ड लागु नगरेकोमा खनालको गुनासो थियो । उनले भण्डारीको हकमा बेग्लै स्टाण्डर्ड बनाउन खोज्नु गलत भएको टिप्पणी गरे ।




प्रतिक्रिया