मधेशको धाँजा फाटेको खेतमा पुगेर ऋषि धमलाले देखाए किसानको समस्या (भिडिओ सहित)


काठमाडौं, १० साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला यतिवेला मधेश प्रदेशको भयावह अवस्था देखाउन र जनताको पीर/मर्का उजागर गर्नको लागि मधेश प्रदेशको रिपोर्टिङमा खटिएका छन् ।

उनी प्राइम टिभीको टोलीसहित हिजो नै मधेश झरेका हुन् । मधेश यतिवेला खडेरीको मारमा परेको छ । किसानहरु रोइरहेका छन् । सरकारले सिचाईं त परै जाओस पिउने पानीको समेत उचित प्रवन्ध गर्न नसकेको भनेर जनता आक्रोशित छन् । मन्त्रीहरुले आफ्नो क्षेत्रका जनतालाई मात्रै हेरेको आरोप लागेको छ ।

हिजो (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीपनि मधेश पुगेका थिए । तर, प्रधानमन्त्री ओलीले पनि आश्वासनबाहेक केही राहत दिन सकेका छैनन् । सरकारले मधेश प्रदेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषढाा गरेको छ । तर, विशेष राहत प्याकेज दिन भने सकेको छैन । यतिवेला मधेशका फाँट हरियाली हुनुपर्ने बेला हो । तर, खडेरीले किसान खिन्न भएका छन् ।

सिंगो मधेश उजाड बनेको छ । कृषिमा आधारित मधेशको सिंगो जीवन श्रृंखलामा ठूलो असर परेको छ । रोपिएको धानको गरामा धाजाँ फाटेका छन् । पानी नपर्दा कतिपय बाँझो नै छन् ।

फिल्ड रिपोर्टको लागि आज मधेश प्रदेशको रौतटह जिल्लाको चन्द्रपुर नगरपालिकाको जुडिबेला गाउँमा पुगेका ऋषि धमलासँग किसानले आफ्नो आर्तना सुनाए । उनीहरु भावविह्वल सुनिन्थे । अन्नबालीमा हात्तिको आतंक पनि उनीहरुले सुनाएका छन् । गृहिणी र आमाहरुले पिउने पानी नपाएको भन्दै पीडा पोखेका छन् ।

पत्रकार धमलाले चन्द्रपुरका मेयर सञ्जयकुमार काफ्ले, किसान र स्थानीवासीहरुसँग गरेको कुराकानी :