नारायणी नदी हाम फालेर एक जना बेपत्ता


काठमाडौ, १३ साउन । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् ।

नारायणीमा हाम फालेर युवा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

अन्दाजी १८/२० वर्षका युवाको नाम ठेगाना खुल्न नसकेको ढकालले बताए । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आइआरटी पोस्टबाट ७ जनाको टोली परिचालन गरिएको उनको भनाइ छ ।