भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह


सुर्खेत, १३ साउन। भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि भेरी नदीमा पानीको सतह केही बढेकाले सतर्क रहन आग्रह गरेका छन्।