काठमाडौं, १४ साउन । मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी कसुरमा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश पिताम्बर शर्माको इजलासमा उनको थुनछेक बहस भएको थियो ।
अहिराजविरुद्ध एक युवतीले जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएकी थिईन् । उनी १० दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए । अहिराजले आफूलाई धाकधम्की दिएर जबर्जस्ती करणी गरेको जाहेरवाला युवतीको आरोप रहेको छ ।




प्रतिक्रिया