मन्त्रिपरिषद्का १८ निर्णयः प्रधानमन्त्रीको विदेश भ्रमणदेखि अनुदान सहायता स्वीकारसम्म


काठमाडौं, १५ असार । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले अगामी साउन १८ देखि २३ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा टोलीलाई स्वीकृति प्रदान गरेको छ ।

सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनर्स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत स्वीकार गर्ने निर्णय निर्णय गरेको छ ।

राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न रामु प्रसाद डोटेल, (पर्वत) को संयोजकत्वमा, रमेश प्रसाद शिवाकोटी (दोलखा) र चण्डीप्रसाद घिमिरे (ललितपुर) सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय समेत भएको छ । File Photo/RN