काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको जुम्लाको भ्लगलाई लिएर आलोचना गरेकी छिन् । उनले २३८ वर्षको राजतन्त्रको शासनमा जुम्लामा सिटामोलसम्म नपुगेको तर गणतन्त्र आएको १५ वर्षमै बाटो, इन्टरनेट र स्वास्थ्य सेवा पुर्याएको दाबी गरिन् । उनले अहिले हृदयेन्द्र शाहको भिडिओमा देखिएको जुम्ला पनि गणतन्त्र नेपालको उपज भएको दाबी गरेकी छिन् । राजतन्त्र कालमा पृथ्बीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका १२ वटा राजाले जुम्लामा आक्रामण गरेको स्मरण गराएकी छिन् ।
उनले फेशबुकमा लामो स्टाटस लेखेर हृदयेन्द्रको भ्लगको आलोचना गर्दै गणतन्त्र जिन्दावादको नारा लगाएकी छिन् । उनले भनेकी छिन्,‘राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेको छ । अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुन सक्दैन् । उनीजस्तो सयौं पुस्ताले पनि देश र जनताको सेवा गरिहाले पनि राज्य र जनतामाथि गरेको शोषन, दमन र अत्याचारको भार चुक्ता गर्न सक्दैन ।’





प्रतिक्रिया