प्रधानमन्त्री ओली र दाहालबीच हार्दिकता छल्कियो


काठमाडौं, १६ साउन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष था पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबीच हार्दिकता देखिएको छ।

दुई नेताबीच आज नेपाल र जनवादी गणतन्त्र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव समारोहमा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित समारोहमा भेट भएको हो । दुई नेताबीच हात मिलाएको तस्विर बाहिरिएको छ। जहाँ दुवै नेताबीच सम्बन्धमा हार्दिकता देखिएको छ ।

तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय