काठमाडौँ, २७ साउन । राष्ट्रियसभामा सांसदहरूले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश युवासम्बन्धी व्यवस्थालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदन कुमारी शाह (गरिमा) ले विगतका वर्षमा युवालाई निम्ति सरकारले नीति तथा कार्यक्रममा समावेश गर्दै बजेटको व्यवस्था गरे पनि व्यवहारिक रूपका कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै कार्यान्वयनका लागि माग गरिन् ।
उनले भनिन्, “म सदस्य रहेको सार्वजनिक नीति प्रत्यायोजित विधायन समितिले आर्थिक वर्ष २०८२र०६३ को नीति तथा कार्यक्रममा समावेश गर्न माग गर्दै अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो, सोहीअनुसार मन्त्रालयले युवाले प्राथमिकता दिएको छ, यसको कार्यान्वयन गर्न सरकारसँग माग गर्दछु ।”
उनले संरक्षण र पूर्वाधारको अभावमा कारण बाटोमा सङ्केतको अभावका वणीमालिका मन्दिर र त्येस क्षेत्रको अवलोकन गर्न जाने भक्तालु र पर्यटकहरूले धेरै दुःख भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन् ।
सांसद शाहले भनिन्, “देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, संविधान पनि आयो, संविधानका समानताको हक, महिलाको हक पनि लेखियो, तर राज्य प्रगतीको पथमा भन्दा पछाडि फर्किएको छ, आजको दिनमा महिलालाई अधिकार धेरै भयो भन्ने पितृसत्तात्मक सोचको विकास हुँदै गएको छ, यो सोचमा परिवर्तन आउन जरूरी छ ।” सरकारले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन ल्याउन खोजेको बताउँदै बहुविवाह गर्न पाउने विधेयकलाई तत्काल रोक्नुपर्ने माग गरिन्।
सांसद विष्णुदेवी पुडासैनीले बर्सात्को समयमा देशका विभिन्न स्थानमा बाटो भत्किएर यात्रुलाई सास्ती भएको भन्दै सो बाटो मर्मतको निम्ति सरकारसँग माग गरिन् ।
उनले भनिन्, “बर्साथको प्रकोपको कारण हाम्रा सडक ध्वस्त भएका छन्, नेपालीहरूको चाडपर्व नजिँकिदै छ, जनताले उपभोग गर्ने सामाग्रीको मूल्य वृद्धि भएको छ, यो चाडपर्वको समयमा जनजीवज सामन्य बनाउन सरकारसँग माग गर्दछु ।” उनले प्राकृतिक प्रकोप एवं कानुनी छिद्रताका कारण देशका विभिन्न ठाउँका सडकहरू भत्किएको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा रहेका सडकहरू समयमै समपन्न गर्न आग्रह पनि गरिन् । रासस




प्रतिक्रिया